
काठमाण्डाै – ब्रोकर डाटा सेन्टरमा देखिएको समस्या समाधान नभएपछि आज साेमवारका लागि शेयर कारोबार बन्द भएको छ ।
डाटा सेन्टरको समस्याका कारण दिउँसो १२ बजेर ५३ मिनेटदेखि शेयर कारोबार रोकिएकोमा समस्या समाधान गरेर बेलुका भए पनि बजार खोल्ने नेप्सेको तयारी थियो । तर डाटा सेन्टरमा देखिएको समस्या पत्ता नलागेकाले आजका लागि कारोबार बन्द गरिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । समस्या समाधानमा समय लाग्ने भएकाले आजका लागि कारोबार बन्द गरिएको नेप्सेले जनाएको छ ।
कारोबार रोकिनुअघि नेप्से शून्य दशमलव १५ अङ्कले बढेको थियो । २३ लाख ४९ हजार कित्ता शेयर एक अर्ब ३४ करोड २२ लाख रुपैयाँमा कारोबार भएकाे छ । हिजो आइतवार नेप्से एक सय एक अङ्कले बढेको थियो ।