टीएमएसमा समस्या समाधान नभएपछि आज (सोमबार) बाँकी समयको शेयर कारोबार स्थगित गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एक सूचना ब्रोकर डाटा सेन्टरमा समस्या आएका कारण आज बाँकी समयको शेयर कारोबार स्थगित गरिएको जानकारी गराएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज मध्याह्न १२ बजेपछि टीएमएसमा समस्या आएको थियो। नेप्सेका अनुसार करिब ३० वटा ब्रोकरको टीएमएसमा समस्या देखिएको छ।

टीएमएसमा समस्या देखिएपछि नेप्सेले १२ बजेर ५३ मिनेटमा शेयर कारोबार स्थगित गर्दै प्राविधिक समस्या समाधान भएपछि सुचारु गरिने जनाएको छ। तर, समस्या समाधान नभएपछि आज बाँकी समयको कारोबार नेप्सेले स्थगित गरेको हो ।