दाउरा काट्दै गर्दा भिरबाट खसेको ढुंगो लागेर दैलेखमा एक जनाको ज्यान गएको छ । भगवतीमाई गाउँपालिका–६ वडा कार्यालयका कार्यालय सहयोगी गणेशबहादुर खत्रीको ढुंगो लागेर ज्यान गएको हो।

बेस्तडा प्रहरी चौकीका अनुसार घर नजिकैको दाडीखोला जंगलमा रुखमा चढेर दाउरा काट्दै गर्दा भिरबाट खसेको ढुंगो टाउकोमा लागेको थियो। घर नजिकैको दाडीखोला

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जङ्गलमा रुखमा चढेर दाउरा काट्दै गर्दा भिरबाट खसेकाे ढुङ्गाले टाउकाेमा लागेर घाइते भएका खत्रीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा ज्यान गएको हो ।

खत्री र छिमेकीसहित दाउरा काट्न जङ्गलमा गएका थिए । घाइते भएका खत्रीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ।