गायक प्रकाश सपुतले अहिले चर्चामा रहेको गीत ‘पीर’ युट्युबबाट हटाएर नयाँ अपलोड गरेका छन्।

नयाँ अपलोड गरिएको भिडिओमा यौनकर्मीको दृश्य हटाइएको छ।

गायक प्रकाश सपुतले ‘पीर’ गीतमा माओवादी विद्रोहपछि माओवादी कार्यकर्ता तथा नेतामा आएको परिवर्तनलाई देखाएका थिए।

 

गीतको चर्चा यति भएको थियो कि माओवादी कार्यकर्ता तथा नेताहरूले यसलाई हटाउन दबाब दिएका थिए।

युट्युबमा भिडिओ १ करोड पटक हेरिएको थियो। युट्युबमा यौनकर्मीको दृश्य काटेर नयाँ अपलोड गरेपछि सपुतले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन् ‘कहिलेकाहीँ त लाग्छ – भयो अब! पुग्यो। I’m done !

खैर, पीरले सफलता मात्रै होइन धेरै कुरा सिकाएको छ। सचेत गराएको छ। तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शक स्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समूह/ समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नुपर्ने चेत गराएको छ।’

सपुतले आफ्नो युट्युबमा ‍’पीर’ गीत रहँदा नियोजित रूपमा माओवादी सशस्त्र द्वन्द्वलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरू विषयान्तर भैरहनेजस्तो भएकाले गीत हटाएको प्रस्टीकरण दिएका छन्।

साथै, उनले कुनै दबाब वा प्रभावमा भन्दा पनि यस बीचमा आएका प्रतिक्रिया, अग्रज स्रष्टाका सुझाव, समीक्षकहरूका समीक्षाले तथा सम्बन्धित समूहको आत्मसम्मानलाई मनन गरेर भिडिओ हटाएको जिकिर गरेका छन्।

उनले भिडिओ हटाए पनि आम नेपालीको चित्रण भने नहटाएको बताएका छन्। उनले यसलाई थप राजनीतिकरण तथा अतिरञ्जित नगर्न समेत आग्रह गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah