ग्रीन भेन्चर्स लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले चैत ८ गतेदेखि ३१ करोड २५ लाख रुपैयाँ बराबबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

कुल निष्काशीत शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिनेछ। सर्वसाधारणले बाँकी २८ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

आईपीओमा करिब १६ लाखले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार ५ बजेसम्ममा १५ लाख ९२ हजार ७६३ जना आवेदकबाट एक अर्ब ९५ करोड ३४ लाख ५७ हजार रुपैयाँ बराबरको एक करोड ९५ लाख ३४ हजार ५७० कित्ता शेयर माग गरेको हो ।

यो सर्वसाधारणको लागि छुट्टाएको २८ लाख ७५ हजार कित्ताको ६.८० गुणा बढी हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv