फिल्मको नेपाल राइट खरिद गर्ने प्रयासमा जुटिरहेका केही नेपाली वितरक र प्रदर्शकले एक्सेलले २ करोड भारु मूल्य प्रस्ताव गरेको बताए । बिहीबार मध्यान्हसम्म नेपाल राइट बिक्री भइसकेको छैन ।

यश, रविना टण्डन र सञ्जय दत्तको मुख्य अभिनय रहेको ‘केजीएफ च्याप्टर २’ नेपालमा समेत प्रतिक्षित छ । यसको पहिलो श्रृंखलाले नेपालमा राम्रो कमाइ गरेको थियो । ४८ लाखमा ल्याइएको भनिएको साउथ फिल्म ‘पुष्पा’ले नेपाली बक्स अफिसमा १० करोडभन्दा बढी ग्रस कमाइ गरेको थियो ।

अहिले चलिरहेको ‘आरआरआर’ले पहिलो साता ७ करोड ग्रस कमाउने अनुमान गरिएको छ । ‘पछिल्लो समय आरआरआर, पुष्पाजस्ता फिल्म चल्दा भारतीय निर्मातालाई नेपाल राम्रो फिल्म बजार बनेको जस्तो लाग्न सक्छ,’ समीक्षक सामीप्य तिमल्सिनाले भने, ‘नेपाली फिल्म बजारमा संकटका बादलहरु घना हुँदै गएको यो संकेत हो ।’

ठूलै मूल्य तिरेर नेपाल ल्याइएका भारतीय फिल्म नचलेका उदाहरण पनि छन् । हालै रिलिज भएको अक्षय कुमार स्टारर ‘बच्चन पाण्डे’, र प्रभासको ‘राधेश्याम’ले राम्रो व्यापार गरेनन् । यसैसाता बलिउड अभिनेता सलमान खानले समेत आफ्ना फिल्म दक्षिण भारतमा नचलेकोप्रति चिन्ता व्यक्त गरेका थिए ।

‘अहिले सलमान खानजस्ता ठूला स्टारले समेत चिन्ता मानेको बेला हो यो,’ फिल्म लेखक समेत रहेका तिमल्सिनाले भने, ‘या त हामी उनीहरुको लेभलको प्रतिस्पर्धामा उत्रिनुपर्‍यो या त उनीहरुकै जस्तो फिल्म बनाउनुपर्‍यो ।’वैशाख १ मा नेपाली फिल्म ‘ए मेरो हजुर ४’ पनि प्रदर्शन हुने तयारीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah