केबि महरा,कैलाली // : जिल्लाको अत्तरिया स्थित पद्मा अस्पताल प्रालिमा उपचाररत एकजनाको मृत्यु भएपछी अवस्था तनावग्रस्त बनेको छ ।
अत्तरिया बजार मृतकका आफन्तहरुको बिरोध तथा प्रदर्शनका कारण बिहानै देखि तनावग्रस्त बनेपछी स्थानिय प्रशासनले स्थिती नियन्त्रणको प्रयास गरेको छ ।

चैत्र १८ गते राती ११ बजे स्थानीय गोदावरी नगरपालिका ३ स्थित चैकिडाँडा निवासी अन्दाजी ३० बर्षिय बिनोद बोहरा सामान्य झाडापखाला लागेर उपचारका लागि अस्पताल भर्ना भएका थिए ।
उपचारका क्रममा उनलाई एक ईन्जेक्सन लगाईएको र तत्काल बेहोस भएका उनको मृत्यु भएको आफन्त स्थानीय धर्मा शार्किले बताएकी छिन्।
मृतक बोहोराका भाइ खडक बोहोरा,चक्र खत्री र दिपक खाती प्रदर्शनका क्रममा झडपमा परि घाईते भएका छन ।

मृतक बोहराका ४ बर्षिय र १ बर्षिय गरि २ साना छोराहरु रहेका छन् भने मृतक कि श्रीमती र आमाबुवा भने छोराको मृत्युको खबरले भावबिभ्हल बनेका छन् ।

मृतकका आफन्तले पद्मा अस्पतालले यस अघि समेत गरि ३ जनाको उपचारमा लापरबाही गरि मृत्यु भएकोले उपचारमा संलग्न चिकित्सकहरुको लाईसेन्स खारेजी तथा न्यायोचित क्षतिपूर्तिका लागि प्रदर्सन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय