सोमबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ ।

हिजो अर्थात आइतबार प्रतितोला ९९ हजार ३०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला ९८ हजार ७०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तेजावी सुनको मूल्य आज प्रतितोला ९८ हजार २०० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैंयाले घटेर प्रतितोला १ हजार ३५० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य १ हजार ३६० रुपैंया रहेको थियो ।