दमक/झापाको दमक २ स्थित सरस्वती आधारभुत बिद्यालयका बालबालिकालाई बिद्यालय पोशाकमा सहयोग पुरयाउने उद्धेश्यले विर्तामोडस्थित एक सहकारी संस्थाले ७५ हजार रुपैयाँ सहयोग गरेको छ ।

हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट दमक सेवा केन्द्र संयोजक गणेश कार्कीले बिद्यालयमा आयोजित एक कार्यक्रममा प्रधानाध्यापक लक्ष्मीमाया चौहानलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन । सो अवसरमा दमक नगरपालिकाका शिक्षा अधिकृत सोमनाथ गुरागाइँको प्रमुख आतिथ्य रहेको थियो भने दमक २ का वडा सदस्य टंक गौतम, सरस्वती आधारभुत बिद्यालय भूतपूर्व बिद्यार्थी समाजका अध्यक्ष रमेश गुरागाइँको विशेष उपस्थिती रहेको थियो । सरस्वती आधारभुत बिद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि भूतपूर्व बिद्यार्थीहरुको सक्रियतामा दमकमा नै नमुना कार्यक्रमहरु सञ्चालन हुँदै गरिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय