मुम्बई– बलिउडका मिस्टर परफेक्शनिस्ट भनेर परिचित अभिनेता आमिर खानकी छोरी आइरा खान मनोरन्जन क्षेत्रबाट टाढा छिन् । यद्यपि, उनी प्रायः चर्चामा रहिरहन्छिन् । आइरा सामाजिक सन्जालमा पनि उत्तिकै सक्रिय हुन्छिन् । उनी आफ्नो जिन्दगीका विभिन्न कुरा शेयर गरिरहेकी हुन्छिन् ।
भखर्रै आइराले आफु मानसिक समस्या अर्थात एन्जाइटीबाट पीडित भएको खुलाएकी छिन् । आइराको उक्त पोस्टले उनका प्रशंसकहरु आश्चर्यमा परेका थिए । आइराले नो मेकअप लुकमा मिरर सेल्फी शेयर गर्दै उक्त कुराको जानकारी दिएकी हुन् ।
आइरा लेख्छिन्– ‘मलाई एन्जाइटी अट्याक्स आउन थालेको छ । मलाई धेरै छटपट हुन्छ । कहिलेकाहिँ म त्यसै रुन थाल्छु । प्यानिक अट्याक के हो भन्ने थाहा छैन । मैले बुझे अनुसार यो रोगको कारणले देखिने शारीरिक लक्षणहरुमा मुटुको ढुकढुकी बढ्नु, स्वाँ–स्वाँ हुनु, रुनु आदि हुन् । विस्तारै–विस्तारै यी लक्षणहरु बढ्दै जान्छन् । केही भयानक हुन्छ जस्तो लाग्छ । त्यतिबेला अति नै डरलाग्दो महसुस हुन्छ । म सुत्न चाहन्छु, तर एन्जाइटी अट्याकका कारण म सुत्न सक्दिन । अब म डरलाई चिन्ने कोशिश गर्न थालेको छु । तर जब यो डर उत्पन्न हुन्छ, रोकिने नाम नै लिँदैन ।’
आइरा सधैँ नै आफ्नो दिमागी स्वास्थ्यको बारेमा अस्वीकार गर्दै आएकी छिन् । आइरा लामो समयदेखि फिटनेस ट्रेनर नुपुर शिखरसंग प्रेम सम्बन्धमा रहेकी छिन् । उनले आफुलाई गाह्रो भएको समयमा नुपुरसंग कुरा गर्दा केही समय राहत हुने पनि बताएकी छिन् । यसअघि पनि आइराले आफुलाई डिप्रेशन भएको कुराको जानकारी दिएकी थिइन् ।



