एजेन्सी- बलिउड अभिनत्रीहरूबीचको दुश्मनीको प्रसंग आउँदा अभिनेत्रीद्वय करिना कपुर र अमिषा पटेलको पनि नाम आउने गर्छ। उनीहरूको दुश्मनीको चर्चा बेला–बेलामा गसिप बनेर भइरहेको हुन्छ।

तर, हालै अमिषाले आफूहरूबीचको सम्बन्धबारे मुख खोलेर झगडामा पूर्णविराम लगाएकी छन् । पिंकभिलासँगको कुराकानीमा अमिषाले करिनाको मुक्तकण्ठले प्रशंसा गर्दै आफू र करिनाबीच कुनै पनि दुश्मनी नभएको दाबी गरेकी छिन् ।

‘करिना केही गीतमा निकै राम्री देखिन्छिन् र केही फिल्ममा उनको पर्फमेन्स निकै दमदार छन् ।नेपाल समचारपत्रमा खबर छ । म बेलाबेलामा आफ्ना साथीहरूको साथ उनले गरेका राम्रा कामबारे कुरा गर्छु। उनी एक राम्रो अभिनेत्री हुन्। उनीविरुद्ध मेरो मनमा केही पनि छैन’ कुराकानीको क्रममा उनले भनेकी छिन्। करिनाले आफू र करिनाको पीताका बीच बेलाबेलामा कुराकानी भइरहनेसमेत बताएकी छिन्।

सन् २००० मा फिल्म कहोना प्यार हेपछि करिना र अमिषाबीचको कोल्ड वारको खबर भारतीय सञ्चार माध्यममा छाउने गरेका थिए। कहोना प्यार हेमा सबै भन्दा पहिले करिनालाई लिइएको थियो। तर, करिनाकी आमा अभिनेत्री बबिता कपुरको हस्तक्षेपका कारण उनले उक्त फिल्म केही दिन सुटिङ् गरेपछि छोड्नुपरेको थियो।

करिनाले छोडेपछि फिल्ममा अमिषालाई लिइएको थियो। फिल्म रिलिजपछि करिनाले एक नराम्री अभिनेत्री भन्दै अमिषाको बारेमा प्रतिक्रिया दिएकी थिइन् । त्यसपछिका दिनमा भने दुवैजनाले एक अर्काबारे नकारात्मक प्रतिक्रिया दिँदै आएका थिए। अमिषाले करिनाबारे गरेको प्रशंसापछि भने उनीहरूको दुष्मनी सकिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

यो पनि – सुदूरपश्चिममा शीर्षनेताको चुनावी दौडधुप-स्थानीय तहको निर्वाचन आउन थोरै दिन बाँकी रहँदा चुनावीसभालाई सम्बोधन गर्न प्रमुख दलका शीर्षनेताहरूको दौडधुप बढ्न थालेको छ ।

नेपाली कांग्रेसका सभापति एवं प्रधामन्त्री शेरबहादुर देउवाले यही वैशाख २६ गते धनगढीमा र वैशाख २७ गते गृहजिल्ला डडेलधुरामा हुने चुनावीसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम सार्वजनिक गरिएको छ ।

नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलाली र कञ्चनपुरमा हुने चुनावीसभालाई सम्बोधन गर्न लाग्नुभएको सो पार्टीका नेता एवं प्रतिनिधिसभाका सदस्य नारदमुनी रानाले जानकारी दिनुभयो । कैलालीको धनगढी, बर्दगोरिया र कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा एमालेद्वारा आयोजना गरिने चुनावीसभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आराजु राणा देउवा कैलालीकोे लम्कीचुहा, टीकापुर र गोदावरी नगरपालिकालगायतका क्षेत्रमा सत्ता साझेदार दलद्वारा आयोजित छुट्टाछुट्टै चुनावीसभामा सहभागी भई बुधबार डडेल्धुरा पुग्नुभएको छ । कैलालीका १३ पालिकाका प्रमुख–उप्रमुखमा सत्ता साझेदार कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी०ले चुनावी तालमेल गरेका छन् ।

वडा तहका प्रत्यासीको हकमा भने यी दलबीच तालमेल हुनसकेको छैन । एमालेलगायतका दलले भने एकलरूपमा उम्मेदवारी दिएका छन् । पालिका तहको प्रमुख उपप्रमुखमा गरिएको तालमेलप्रति असहमति राख्दै कतिपय तहमा कांग्रेस, माओवादीका कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah