
कान्समा अवार्ड जित्न सफल नेपाली निर्देशक अविनाशविक्रम शाहलाई प्रियंका चोपडाले बधाई दिएक छिन् ।
लघु चलचित्र ‘लोरी’ मार्फत स्पेसल मेन्सन अवार्ड जितेर चर्चाको शिखरमा रहेका शाहलाई उनले बधाइ दिएकी हुन् ।
प्रियंकाले आफ्नो सामाजिक संजाल इन्स्टाग्राममा शाहको तस्विर सेयर गर्दै उनले बधाइ दिएकी हुन् । नले लेखेकी छन् ‘कान्स २०२२ का सबै विजेतालाई बधाई छ । खासगरी एसियाका प्रतिभाशाली विजेताको जितलाई लिएर मनैदेखि बधाई दिन चाहन्छु ।
’प्रियंकाले शाहसँगै अवार्ड जितेका दक्षिण कोरियाका पार्क चन वुक, अभिनेता सङकाङ हो, इरानी अभिनेत्री जार अमिर इब्राहामी र पटकथा लेखक तारिक सलेहको पनि तस्बिर सेयर गरेकी छिन् ।