
भारतको बिहारमा जाँडरक्सी निषेध गरिएको छ । प्रहरीले कडाइका साथ चेकिङ गरिरहेका बेला कारमा रक्सी भेटिएपछि चालकसहित कारमा रहेको कुकुरलाई पक्राउ गरिएको छ ।
मुफसिल थानाका अनुसार गाजीपुर सीमा क्षेत्रमा एक कारमा रक्सी फेला परेको थियो । कारमा रहेका रामसुरेश यादव र भुवनेश्वर यादवलाई पक्राउ गरिएको छ, सँगसँगै कारमा रहेको जर्मन शेफर्ड कुकुरलाई समेत पक्राउ गरेर थानामा राखिएको छ ।
पक्राउ परेका दुवैलाई प्रहरीले कारागार पठाएको छ भने कुकुर जनावर भएका कारण थानामै राखिएको छ । कुकुरको स्याहारसुसार गर्न असहज भइरहेको प्रहरीले जनाएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार त्यो कुकुर हिन्दी भाषा बुझ्दैन, उसले अंग्रेजी मात्रै बुझ्छ । कुकुरले दूध र कर्नफ्लेक्स खान्छ । रक्सी निषेध कानूनको परिबन्धमा परेर कुकुरलाई पनि हैरानी भइरहेको छ ।
फेसबुकमा तपाईको प्रतिक्रिया


