केबि महरा/ कैलाली : जिल्लाको चुरे गाउँपालिकामा आर्थिक वर्ष सकिनै लाग्दा चरम बेथित हुनेगरेको एक तथ्य बाहिर आएको छ। गत आर्थिक वर्ष ०७७/७८ मा चुरे गाउँपालिका ०६ नंबर वडा का लागी विद्युत लाइन प्रशारण गर्न गाउँपालिकाले १७ लाख ५०हजार बराबरको बजेट छुट्याएकोमा पूरा कामै नसकी ०६ नम्बरका वडा अध्यक्ष प्रेम साउदले रकम भुक्तानीका लागि भन्दै सिफारिस गरी गाउँपालिका पठाएपछि उक्त तथ्य बाहिरिएको हो । अँझ रोचक कुरा त केछ भने वडा अध्यक्ष प्रेम साउदले ०६ नंबर वडाका ईलाकामा विद्युत पोल तथा लाईन विस्तारको काम सकिएको आशय सहित गाउँपालिका लाई भुक्तानीका लागि परिपत्र गरेपछि चुरे गाउँपालिका की उपाध्क्षसमेत रहेकी अनुगन समितिकी संयोजक धनादेवि थापा काम पूरा भए नभएको बारे बुझ्न अनुगमनमा निस्किएकी थिइन्। अनुगमनका क्रममा चुरे ०६ को झयाङ्गखोली , सन्तुवा लगायतका गाउँमा अझैं सम्म बिजुलीका पोल नपुगेको तर सोही दिन एक ट्याक्टर बिजुलीका पोल सहितको गाडी जम्काभेट भएपछि तथ्य झन् रोचक बनेको हो । उपभोक्ता समितिका अध्यक्ष पुरन सिजली मगरले उपभोक्ता समितिका अन्य पदाधिकरीको हस्ताक्षर समेत किर्ते गरेको ठहरिए पछि संयोजक तथा गाउँपालिका उपाध्यक्ष धना देवी थापाले उपभोक्ता समितिको रजिष्टर समेत जफत गरेकी छिन् तर अनुगमन समितिकै अन्य दुईजना सदस्य वीरबहादुर धामी र तुलासा देवी महताले भने अनुगमन नै नगरी अनुगमन पत्रमा हस्ताक्षर गरेका थिए । उल्लेखित वीरबहादुर धामी चुरे गाउँपालिका ०५ नंबर वडाका एमाले बाट निर्वाचित वडाअध्यक्ष हुन भने तुलसा महत्ता ०१ नंबर वडाकी वडा सदस्य हुन् । यी दुवै जनाले आफ्नो गल्ति भएको स्वीकार गरेका छन् । सोही विषयमा चुरे गाउँपालिकाका अध्यक्ष चक्र बोगटीले म अध्यक्ष हूँ हाम्रो काममा अनावश्यक बाधा नबन्नुस् ,हाम्रो मान्छेलाई दवाब किन? भनेर आफूलाई धम्की दिएको तर मैले गलत नजिरको बिरुद्द कदम उठाएकी हूँ यस क्षेत्रका जनतालाई म रहुन्जे गुमराहमा राख्न दिँदैन , यस क्षेत्रका जनताको हक अधिकारका लागि हरेक चुनौतीको सामना गर्न तयार छु भनी जवाफ फर्काएको उपाध्यक्ष थापाले बताएकी छिन्। चुरे गाउँपालिका अध्यक्ष चक्र बोगटीले भने आफूले धम्की नदिएको तर बिग्रेको काममा मिलेर सहकार्य गर्न आग्रह गरेको बताएका छन्।




अध्यक्ष बोगटीले उक्त विवादित विद्युत उपभोक्ता समितिको हस्ताक्षर किर्ते सम्बन्धी विषयमा आफूले तत्काल कार्यपालिकाको वैठकमा एक छानबिन समिति बनाउने र आवश्यक कारवाही गर्ने वाचा गरेका छन्।
त्यसैगरी तत्काल भुक्तानीको प्रक्रिया अघि नबढाउने समेत बताएका छन्। अब छानबिन समिति बन्छ र काम पुरा भए नभएको पुन अनुगमन गरी भुक्तानीको प्रक्रिया अघी बढाउँछौ, उनले भने ।
उता ०६ नंबरका वडा अध्यक्ष प्रेम साउदले भने असार मसान्तले गर्दा समान खरिदको भुक्तानी गर्नुपर्ने भएको र पोल लगायतका सामान गाउँमा पुर्याई सकेपछि वितरण कार्य पुरा हुनेमा आफू विस्वस्त रहेकोले भुक्तानीको लागि आफूले सिफारिस गरी पठाएको स्वीकार गरेका छन् तर उपभोक्ता समितिको रजिष्टर किर्ते भए नभएको बारे आफू जानकार नरहेको समेत बताएका छन्।
स्थानिय चुनाव अगावै चुरे ०६ का विभिन्न स्थानमा विद्युत पोल वितरण तथा विस्तार भइसके पनि चुनाव पछि मात्रै उपभोक्ता समितिको गठन गरिएको देखिएको छ भने विद्युत कार्यालय धनगढीको वितरण शाखा सङ्गको सहकार्यमा विद्युत वितरण भरहेको हो । विद्युतको पोल राख्दा ५० मीटरको दूरीमा राख्नुपर्ने मापदण्ड रहेतापनि पहाडी क्षेत्रमा भिरपाखा, खोला जस्ता अप्ठेरोमा भने ठाउँको अवस्था हेरी पोल विस्तार गर्न सकिने धनगढी विद्युत प्राधिकणका प्रमुख सूर्य नारायण मण्डलले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय