दीपकराज गिरी र दीपाश्री निरौलाको नयाँ चलचित्रका दुई प्रमुख महिला पात्रमा बेनिशा हमाल र मलिना जोशी अनुबन्धित भएकी छिन् । दीपकको जोडीका रूपमा बेनिशा र सहायक अभिनेत्रीका रूपमा पूर्वमिस नेपाल समेत रहेकी मलिना रहने बताइएको छ । चलचित्रमा हेमराज बिसीको निर्देशन रहनेछ ।

दीपक, दीपा, मलिना र बेनिशासहित चलचित्रमा केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, नीर शाह र निर्मल शर्माको समेत अभिनय रहनेछ । चलचित्रको आगामी साता भक्तपुरको सूर्यविनायक मन्दिरमा मुहूर्तसँगै छायांकन प्रारम्भ हुने बताइएको छ ।

चलचित्रको नाम भने फाइनल भइसकेको छैन । उक्त टिमले ‘श्री माग्ने राजा’ र ‘छक्कापञ्जा ४’ दर्ता गरिसकेको छ । तर, कुन शीर्षक रहने भन्ने विषयमा टिमले टुंगो लगाइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय