कैलाली: जिल्लाको चुरे गाउँपालिका ०६ स्थित ढुङ्गेनी टुनिगडा क्षेत्रमा बाढीले बितण्डा मच्चाएको छ।

गत असार ३२मा परेको अविरल झरीले चुरे गाउँपालिका ०६ नंवर वडा स्थित स्थानिय सेलानी- गैरिखोला जोड्ने कृषि सडकमा आएको बाढीका कारण स्थानिय चुरे ०६ पात्थरी निवासी सितादेवि सारुको करिब ६/ (छ,) रोपनी खेतमा लगाएको धानबाली पूर्णरुपमा पुररिएको स्थानिय भगीराम सारूले जानकारी दिइएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

साथै उक्त बाढीका कारण टुनीगडा आसपासका खेतमा समेत क्षति पुर्याएको स्थानीयले जनाएका छन्।

खाउँला भनेर रोपेको धान यसरी पुरेको देख्दा सीतादेवी सारुले दुःख पोखेकी छन्, स्थानिय सरकारले राहत उपलब्ध गराउनेमा आशावादी रहेको उनले प्रतिक्रिया दिएकी छिन्।

यसरी विकासका नाममा भौगोलिक अवस्थाको वारेमा राम्रो सङ्ग अध्ययन अनुसन्धान विना गरिने निर्माणका कामले फाईदा भन्दा बढि नोक्सानी पुर्याइरहेको देखिन्छ।

"विकास गरेको छु भन्ने दाबि गरिरहँदा बिनास भएको जिम्मा पनि स्थानिय सरकारले लिनु पर्छ " टंक राम थापाले भन्नुभयो।

यस्ता विषयमा स्थानिय ०६ नंवर वडा तथा चुरे गाउँपालिका र सरोकार सबैको ध्यान जान जरुरी देखिन्छ ।