घटना

अरिङ्गाल झार्ने क्रममा रुखबाट झरेर एक युवकको मृत्यु


  झापा   सवाल नेपाल डेस्क   २०७९ भाद्र १३, सोमबार १६:४५

ताप्लेजुङ, अरिङ्गाल झार्ने क्रममा रुखबाट झरेर ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका २८ वर्षीय खेमराज बर्देवा रहेका छन् ।

प्रहरीका अनुसार आइतबार साँझ घर नजिककै जङ्गलमा अरिङ्गाल झार्ने क्रममा रुखबाट लडेर बर्देवाको मृत्यु भएको हो । अरिङ्गालले टोक्न थालेपछि अत्तालिएर रुखबाट झर्दा ढुङ्गे ढाँडमा बजारिँदा बर्देवा गम्भीर घाइते भएका र उनको केही समयमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

यता घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईले जानकारी दिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

थप समाचार