यो साता सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा तोलामा उक्त मूल्य बढेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५०० र तेजाबी सुनको मूल्य ९१ हजार रुपैयाँ थियो ।

जुन, यो शुक्रबारसम्म तोलामा १ हजार ३०० रुपैयाँले बढेर ९२ हजार ८०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ३०० रुपैयाँ छ । यसैगरी,यो साता चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार साताभरमा चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य ११ सय ७० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १२ सय रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर