काठमाडौं । भारत, पश्चिम बंगालकी एक युवतीले १०० दिनसम्म लगातार ९ घण्टा सुतेर कीर्तिमान बनाएकी छिन् । यी युवतीको नाम त्रिपर्णा चक्रवर्ती हो, जो हुगलीको श्रीरामपुरकी हुन् ।

त्रिपर्णाले साढे चार लाख प्रतियोगीलाई हराएर राम्रो निद्राको उपाधि जितेकी हुन् । चाखलाग्दो कुरा के छ भने उपाधि जित्दा त्रिपर्णालाई ८ लाख हजार रुपैयाँ पुरस्कार पनि दिइएको छ ।

जितपछि त्रिपर्णाले आफू राती उठ्ने र दिनमा सुत्ने गरेको बताइन् । आफूले पाएको पुरस्कार रकमबाट मनपर्ने र आवश्यकताका सामान किन्ने उनले बताइन् ।

यो प्रतियोगिता अखिल भारतीय स्तरमा आयोजना गरिएको थियो, जसमा ४ लाख ५० हजार मानिसहरूले आवेदन दिएका थिए । तीमध्ये १५ जना प्रतियोगी छनोट भए, जसमध्ये चार जना मात्रै फाइनलसम्म पुगे ।

त्रिपर्णाले एक वेबसाइटमार्फत यस प्रतियोगिताको जानकारी पाएकी थिइन् । चारै जना प्रतियोगीलाई एउटा म्याट्रेस र स्लीप ट्र्याकर दिइएको थियो । ती सबैलाई सुत्ने कला देखाउन भनियो ।

त्रिपर्णालाई बाल्यकालदेखि नै सुत्न मन लाग्थ्यो । जितपछि त्रिपर्णाले आफूलाई सानैदेखि सुत्न मन लाग्ने गरेको बताइन् । त्रिपर्णाका अनुसार परीक्षादेखि अन्तर्वार्तासम्म उनी पटक–पटक सुतिन् ।

त्रिपर्णा अमेरिकाको एउटा बहुराष्ट्रिय कम्पनीमा काम गर्छिन् । अहिले उनी घरबाटै काम गरिरहेकी छिन् । त्यसका लागि उनीहरु राती जाग्राम बस्नु पर्ने हुन्छ । उनी दिनभर सुतेर त्यसको पूर्ति गर्दै आएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय