काठमाण्डाै – नेपाल आयल निगम नाफामा गएको छ । अघिल्लो महिना केही नाफामा गएको निगमले यो महिना १ अर्ब ६० करोड रुपैयाँ नाफा कमाउने निगमका एक अधिकारीले जानकारी दिएका छन्।

कोरोना महामारी, रुस–युक्रेन युद्ध लगायतका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्दा नेपालमा पनि भाउ बढेको थियो ।

भाउ बढे पनि कम मूल्यमा बेच्नुपरेको भन्दै निगमले निरन्तर घाटाको हिसाबकिताब देखाइरहेको थियो । तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल ८७ अमेरिकी डलरमा झरेपछि निगमको मासिक नाफा १ अर्ब ६० करोड रुपैयाँ पुग्ने भएको हो ।

इन्डियन आयल कर्पोरेसनले अक्टोबरमा पठाएको मूल्यमा निगमलाई पेट्रोल लिटरमा ६ रुपैयाँ ४५ पैसा र डिजल लिटरमा १२ रुपैयाँ नाफा हुनेछ । निगमले यही मूल्यमा इन्धन बेच्दा १५ दिनमै ८० करोड रुपैयाँ नाफा कमाउनेछ । तर डेढ वर्षमा निगमले ५५ अर्ब रुपैयाँ गुमेको दाबी गर्दै आएको छ।

सञ्चित कोषको पैसा पनि सकिएको र ४० अर्ब रुपैयाँ ऋणमा रहेकाले तत्कालै भाउ घटाउन नसकिने निगमको तर्क रहेको छ। उज्यालो अनलाइन बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah