काठमाडौँ– हजार भन्दा बढी बुकिङसहित टाटा मोटर्स को सबै भन्दा मन पराइएको लोकप्रिय नेक्सन र टिगोर मोडेलको विद्युतीय गाडीहरूको माग नेपाली बजारमा तीब्र गतिमा बढिरहेको छ । टाटा मोटर्स को विद्युतीय गाडीको माग आन्तरिक बाह्य दुवै बजारमा वृद्धि भइरहेको छ । यो तथ्यलाई मध्यनजर गर्दै कम्पनीले तिन चरण मार्फत आफ्नो पोर्टफोलियोको विस्तार गर्ने घोषणा गरेको छ । नेपाली बजारको मागलाई प्रभावकारी तवरले परिपूर्ति गर्न कम्पनीले हरेक महिना २०० वटा भन्दा बढी यस्ता विद्युतीय गाडीको आपूर्ति गरिरहेको छ । यस किसिमको आपूर्तिमा वृद्धि हुँदा बुकिङ गरेर गाडी कुरिरहेका ग्राहकले धेरै समयसम्म प्रतिक्षा गर्नुपर्ने छैन ।

यसैगरी फोर्ड इन्डिया प्रा.लि. को सनंद प्लान्ट खरिद गर्न युनिट ट्रान्सफर सम्झौता गरेको छ । प्राविधिक रूपले समुन्नत यसको प्रतिवर्ष ४,२०,००० इकाई विद्युतीय गाडी उत्पादन गर्ने क्षमता हुनेछ । कम्पनीले यो प्लान्टमा आवश्यक लगानी यसलाई आफ्नो वर्तमान र भविष्यको भेहिकल प्ल्याटफर्म अनुरूप विकास गर्नेछ । टाटा मोटर्सले विभिन्न डिजाइन र मूल्यमा उपलब्ध हुने १० वटा विद्युतीय गाडी बजार ल्याउने तयारी गर्दैछ ।

टाटा मोटर्स ले नेपालमा नेक्सन र टिगोर मोडेलको विद्युतीय गाडीहरूको बिक्रीवितरण प्रारम्भ गरेको एक वर्ष सफलताका साथ पूरा गरिसकेको । चार्जिङ र ग्राहक सेवा सम्बन्धी वृहत पूर्वाधारसहित यी गाडीहरूले निरन्तर बजार विस्तार भइरहेको छ।

टाटा मोटर्स को नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदीले नेपालकै सबैभन्दा धेरै १९ वटा फास्ट चार्जिङ स्टेसन र १०० वटा स्लो चार्जिङ स्टेसनको स्थापना गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah