दमक बहुमुखी क्याम्पसका प्राध्यापक तथा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रीय अध्यक्ष अखिलेश्वर लाल दासको निधन भएको छ ।

सुगर र प्रेसरको औषधी खाँदै आएका दासको विराटनगरस्थित घरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । प्राप्त जानकारी अनुसार मुटुमा समस्या देखिएर विराट नर्सिङ होममा उपचारत उनी तीन दिनअघि डिस्चार्ज भएर घर फर्किएका थिए । बुधवार अपरान्ह उनको निधन भएको बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दास २०४३ सालदेखि नै दमक बहुमुखी क्याम्पसमा अर्थशास्त्र विषयका अध्यापन गराउँदै आएका दास गतसाल मात्र निवृत्त भएका थिए ।

क्रान्तिकारी विचार र भावनाबाट ओतप्रोत उनी माओवादी केन्द्रको राजनीतिक प्रशिक्षकको रुपमा पनि परिचित थिए ।