निर्वाचन आयोगले गत कात्तिक १७ गतेदेखि दिएको निर्वाचन प्रचारप्रसारको समय सकिएको छ । यससँगै बिहीबार मध्यरातदेखि मौन अवधि सुरु भइ निर्वाचन नसकिँदासम्म जारी रहनेछ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन आइतबार हुँदैछ ।

यसैबीच दलहरूले सार्वजनिक अपिल जारी गर्दै आफ्नो पक्षमा मत तान्ने प्रयास गरेका छन् । यसैक्रममा सत्ता गठबन्धनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि मतदान गर्न अपिल जारी गरेको छ ।

गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर रहेको संयुक्त अपिलमा संविधानको भावना अनुरूप लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास लागि गठबन्धनलाई जिताउन आवश्यक रहेको उल्लेख गरिएको छ ।

‘यो निर्वाचनको परिणामले विघटनकारी र प्रतिगमनका पक्षधरहरुको गठबन्धनलाई उदाङ्गो पार्दै परास्त गर्नु परेको छ । यसको अर्थ संविधानको भावना अनुरूप लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका पक्षधर लोकतान्त्रिक वाम गठबन्धनलाई विजयी गराउनु हो’, अपिलमा भनिएको छ, ‘तसर्थ पाँच वर्षमा हुने यो आम निर्वाचनलाई राष्ट्रिय महोत्सवका रुपमा लिएर मतदानमा सहभागी भई लोकतान्त्रिक वाम गठवन्धनका उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी गराउनु हुन हार्दिक आह्वान गर्दछौं ।’

सत्ता गठबन्धनद्वारा संयुक्त अपिल जारी, अत्यधिक बहुमतले विजयी गराउन आग्रह
​नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोट हाल्नुअघि दुई भविष्य सम्झन्न मतदाताहरूलाई आग्रह गरेका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत १ मिनेट ३६ सेकेन्डको भिडियो सन्देश सार्वजनिक गर्दै अध्यक्ष ओलीले प्रिय मतदाता भनेर सम्बोधन सुरु गरेका छन् ।

ओलीले भोट माग्दै भने – प्रिय मतदाता, भोट हाल्नुअघि भविष्य सम्झनुहोस् ! (भिडियोसहित)
संयमित बनेर देश जोगाउने शक्तिलाई मतदान गरौं– केपी ओली
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा रहेको बताएका छन् । ‘निर्वाचनलाई सफल पार्न हामी सबैको दायित्व हो । राणा शासनविरुद्धको अहिलेसम्म मुलुकले राजनीतिक संघर्षको एउटा चरण पूरा गरिसकेको छ,’ स्थिर अवधि सुरु हुन केही घण्टा बाँकी छँदा भिडियोमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले भनेका छन् ।

स्थिर अवधि सुरु हुनुअघि प्रधानमन्त्री देउवाको सम्बोधन, गठबन्धनलाई मागे मत
​राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई केबल आवधिक निर्वाचनको रुपमा मात्रै नभइ विगतका त्रुटी सच्याउने अवसरको रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् । निर्वाचन प्रचारप्रसारको मौन अवधि सुरु हुनु केही घण्टाअघि आम मतदातालाई सम्बोधन गर्दै लिङ्देनले जारी गरेको भिडियो सन्देशमा यस्तो बताएका हुन् ।

निर्वाचनलाई विगतको त्रुटी सच्याउने अवसरको रुपमा सदुपयोग गरौं : लिङ्देन
राजेन्द्र लिङ्देनविरुद्ध खनिए कमल थापा
​नेकपा एकीकृत समाजवादीले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान गरेको छ । पार्टी महासचिव डा.बेदुराम भुसालले बिहीबार विज्ञप्ति जारी गर्दै प्रत्यक्षमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका हुन् ।

एकीकृत समाजवादीको आह्वान– प्रत्यक्षमा गठबन्धन र समानुपातिकमा कलम चिन्हमा मतदान गर्नुस्
यस्तै अन्य पार्टी र उम्मेदवारले पनि चुनाव आफ्नो पक्षमा पार्नका लागि मतदातासमक्ष अपिल जारी गरेका छन् ।

मधेसका मुद्दा सम्बोधन हुनुपर्छ : अध्यक्ष ठाकुर
संसद जोगाउनका लागि गठबन्धन निर्माण भएको हो : महामन्त्री थापा
विभेद र असमानताविरुद्ध संघर्ष जारी रहन्छ : यादव
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवनले सिंगो देशलाई न्याय गर्ने बताएका छन् । बिहीबार चितवनको नारायणी किनारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै चितवन २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका लामिछानेले आफू पटक पटक चक्रव्यूहमा पर्दै आएको भन्दै त्यस्ता चक्रव्यूह पार गरेर नेपाली जनताको सम्मृद्धिमा साथ दिन आएको बताए ।

आफ्नो पार्टीको सरकार बने २० लाख युवालाई रोजगारी दिने रवि लामिछानेको घोषणा
​मतदान अधिकृत पक्राउ

पश्चिम नवलपरासीबाट प्रहरीले मतदान अधिकृतलाई पक्राउ गरेको छ । मुख्य निर्वाचन अधिकृतसँग अस्वाभाविक व्यवहार देखाएर विवाद गरेको आरोपमा सुनवल नगरपालिका–११ स्थित वाक्वाणी माध्यमिक विद्यालय सेमराह मतदानस्थलमा खटिएका मतदान अधिकृत पक्राउ परेका हुन् ।

नवलपरासी पश्चिमबाट मतदान अधिकृत पक्राउ
​डोटीको बडीकेदार गाउँपालिकास्थित अत्तरकाँडामा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना भएको छ । बा २ झ २२३५ नम्बरको जिप दुर्घटना भएको डोटीका एसपी राजेन्द्र धमलाले रातोपाटीलाई बताए ।

दुर्घटनामा परेर बडिकेदार–५ मार्कोट स्वास्थ्य चौकीमा रहेको मतदान स्थलमा खटिएका मतदान अधिकृत दिनेश सिंह रैखोला घाइते भएका छन् । रैखोला खुटिया बिपिनगर दिपायल सडक आयोजनाका इन्जिनियर हुन् ।

डोटीमा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना, मतदान अधिकृत घाइते
पूर्व पदाधिकारीलाई सुविधा

गण्डकी प्रदेश सरकारले चुनाव लगत्तै पूर्व पदाधिकारीलाई सुविधा दिन अध्यादेश ल्याउन लागेको खुलासा भएको छ । सोमबार बर्खास्तमा परेका गण्डकीका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुमार खड्काले बुधबार पत्रकार सम्मेलनमा प्रदेश सरकारले अध्यादेश ल्याउन लागेको खुलासा गरेका हुन् ।

जाँदाजाँदै अध्यादेशमार्फत पूर्वपदाधिकारीलाई सुविधाको व्यवस्था गर्दै गण्डकी सरकार
​कतार कामदार पठाउने निर्णय

विश्वकप फुटबल लक्षित कामका लागि ‘हाया’ कार्ड पाएका नेपाली कामदारले कतार जान पाउने भएका छन् । भिसा समस्याका कारण विश्वकप लक्षित गरेर नेपाली कामदार पठाउन समस्या भएको थियो । वैदेशिक रोजगार विभागले ‘हाया’ कार्ड पाएका कामदारलाई पनि कतार पठाउने निर्णय गरेको हो ।

‘हाया’ कार्डमार्फत विश्वकप फुटबलका लागि कामदार पठाउने निर्णय
​आयोगको पत्रकार सम्मेलन

यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा साढे ४ लाख मतदाताले समानुपातिक प्रणालीतर्फ मात्र मतदान गर्न पाउने भएका छन् । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, जेलमा रहेका कैदी लगायतले प्रत्यक्ष तर्फ मतदान गर्न नपाउने भएका हुन् ।

साढे ४ लाख मतदाताले समानुपातिकमा मात्र भोट हाल्न पाउने
यसैगरी निर्वाचन आयोगले मौन अवधिको समयमा भोज भतेर गर्न नपाइने बताएको छ । बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारले भोज भतेर गर्ने, पूजा लगाउने, तथा घर बाहिर मान्छे भेला गरेर जन्मदिन मनाउन नपाइने बताएका छन् ।

मौन अवधिमा भोज भतेर गर्न पाइँदैन : निर्वाचन आयोग
‘मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था’
चुनावका दिन सार्वजनिक सवारी साधन चल्न नपाउने
अस्वाभाविक मतदान भए फेरि मतदान : प्रमुख निर्वाचन आयुक्त
​यो पनि….

जापानमा एक नेपालीको चक्कु प्रहर गरी हत्या भएको छ । इसेसाकी सहरको अपार्टमेन्टमा बस्ने ४२ वर्षीय लक्ष्मीकुमारी बस्नेत अधिकारीको हत्या भएको जापानको सार्वजनिक सञ्चारमाध्यम एनएचकेले जनाएको छ ।

जापानमा नेपालीको चक्कु प्रहारबाट हत्या
​नेपाली कांग्रेसका नेता प्रदीप पौडेलका बुबा डिल्लीरमणसँग जोडिएर आएको जग्गासम्बन्धी विषय निराधार भएको पुष्टि भएको छ । मालपोत कार्यालय तनहुँले प्रदीपका बुबा संलग्न भनि आएको जग्गाको कुनै विवरण फेला नपरेको जानकारी दिएको हो ।

‘जग्गासम्बन्धी विवादमा प्रदीप पौडेलका बुबाको संलग्नता देखिएन’
नेपाल नागरिक उड्डयन प्राधिकरणले चार्टर उडानको नाममा हुने ठगी बन्द गर्न आग्रह गरेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बिहीबार विज्ञप्ति जारी गर्दै वायुसेवा कम्पनीले चार्टर उडानको नाममा टिकट बिक्री वितरण गराई यात्रुहरूलाई विमानस्थलमा अलपत्र पार्ने गरेको कार्यप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेको हुन् ।

चार्टर उडानको नाममा टिकट बिक्रीवितरण भएकोप्रति प्राधिकरणको ध्यानाकर्षण
​आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ । निर्वाचनको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन भएको तीन दिन अर्थात् मङ्सिर ७ गते बेलुकासम्ममा प्रत्यक्षतर्फका सबै नतिजा सार्वजनिक गरिसकिने कार्ययोजना बताए ।

तीन दिनभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने आयोगको योजना
​काठमाडौं उपत्यकामा केही दिनयता ट्राफिक जाम बढेको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलका कार्यकर्ता र शुभचिन्तकहरू धमाधम उपत्यका बाहिर जाँदै छन् ।

ट्राफिक प्रहरीलाई चुनावमा खटाएपछि उपत्यकामा बढ्यो ट्राफिक जाम
​नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले राजनीतिक रुपमा पुरानो पुस्ताका नेतृत्वलाई सरापेर नयाँ पुवा पुस्ताको भलो नहुने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर २ द्वारा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले पुरानो पुस्तालाई सम्मान गर्दै आफ्ना योजना लिएर युवाहरू अघि बढ्नुपर्ने

रातोपाटी बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय