
प्रहरीका अनुसार दुई समूहबीच झडप हुँदा गौतम तामाङ, रजत थापा र नितम चौहान घाइते भएका हुन् । तीनै जना उर्लाबारीकै हुन् । तामाङको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि बिएण्डसी अस्पताल विर्तामोड पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठका अनुसार दुई समूहबीच पुरानै रिसिईबीका कारण झडप भएको थियो ।
झडपमा संलग्न उर्लाबारीका कुमार लिम्बू, आशाङ लिम्बु र रजत थापालाई पक्राउ गरेको उनले बताए ।
पुरानो रिसिईबीका कारण दुई समूहबीच कफी सपमा झडप भएको पाइएको उनले बताए । ‘पुरानो रिसिइबीका कारण झडप भएको देखियो,’ उनले भने,’ अनुसन्धान जारी छ ।’