ताप्लेजुङ — आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र फूलबारीमा दिउँसो ३ बजेपछि मतदान अवरुद्ध भएको छ । एमाले र सत्ता गठबन्धनका कार्यकर्ताहरूको विवादका कारण मतदान स्थगित गरिएको हो ।

तीनवटा मतदान स्थल रहेको यहाँ २८ प्रतिशत मत खसेको थियो । यहाँ २ हजार ४ सय १९ मतदाता रहेका थिए । सत्ता गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार खगेनसिंह हाङगाम मतदान केन्द्रमा पुगेका बेला झडप भएको स्थानीयले बताएका छन् । प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलका अनुसार मतदान रोकिएपछि सहमतिको प्रयास भइरहेको छ ।

‘बाहिरबाट सुरक्षाकर्मीको दस्ता पुगिसकेको छ,’ प्रजिअ पोखरेलले भने, ‘दलहरूबीच सहमतिका लागि पनि अनुरोध गरेका छौं ।’ विवादको स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायरसमेत गरेको थियो । दिउँसो ३ बजेसम्म जिल्लामा ४० प्रतिशत मत खसेको पोखरेलले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय