रूकुम पश्चिममा चुनाव बिथोल्न खोजेको आरोपमा विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

विप्लव नेकपाका जिल्ला कमिटी सदस्य महेश बस्नेत, राकेश विक, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हरिबहादुर पुन पक्राउ परेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले उनीहरूलाई आठबिसकोटको वडा नम्बर ५, ११ र १३ मा रहेका मतदान केन्द्रबाट नियन्त्रणमा लिइएको सेतोपाटीलाई बताए।

बस्नेतलाई ५ नं.बाट, विकलाई ११ नं. वडाबाट र पुनलाई वडा नम्बर १३ बाट पक्राउ गरिएको उनले जानकारी दिए।

उनीहरूले योजनाबद्ध रूपमा मतपत्र च्यात्ने खोजेको, मतपेटिका तोडफोड गर्न प्रयास गरेपछि नियन्त्रणमा लिनुपरेको घिमिरेले जानकारी दिए।