
काठमाडौँ — डडलेधुरामा प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मत गणना अनुसार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २१ हजार ७४५ मतका साथ अगाडि छन् ।
तस्बिर : रासस
उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालको ११ हजार २५२ मत आएको छ । ढकाल भन्दा देउवा १० हजार ४९३ मतले अगाडि छन् ।
यस्तै, नेपाली कांग्रेस (बीपी)का कर्णबहादुर मल्लको ६ हजार १ सय ८६ मत आएको छ ।