
सशस्त्र प्रहरीका एक जवान घूससहित पक्राउ परेका छन् । सुरक्षा बेसक्याम्प नवलपरासी, (बर्दघाट सुस्ता पश्चिम) सेमरीमा कार्यरत सशस्त्र प्रहरी जवान मुख्तार देवान ७ हजार घूससहित पक्राउ परेका हुन् ।
महेशपुर सीमा नाकाबाट सामानहरु खरिद गरी ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई घूससहित पक्राउ गरेको हो ।
उनलाई प्रतापपुर गाउँपालिका वडा नम्बर १ स्थित सिसहनियाबाट शुक्रबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।