११ मंसिर, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकास्थित एक विद्यालयमा अज्ञात समूहले आगजनी गरेका छन् ।
बहुदरमाई वडा नम्बर ५ पाँडे बरवा टोलमा रहेको श्री मनोकामना आधारभूत विद्यालयमा अज्ञात समूहले आगजनी गरेको विद्यालयका प्रधानाध्यापक देवचन प्रसाद यादवले जानकारी दिए ।
प्रधानाध्यापक यादवका अनुसार आगलागीमा विद्यालयका कागजातहरु, कम्प्युटर मोनिटर, सिपीयू, टबुल, डेक्स, बेञ्च लगायतका सर–समान जलेर नष्ट भएको छ ।
उनले आगलागीबाट विद्यालयमा ७ लाख मुल्य बराबरको क्षति भएको अनुमान गरिएको बताए । आगलागीपछि विद्यालयबाट केही सामानहरु चोरी समेत भएको उनले बताए ।