काठमाडौं । फिफा विश्वकप समूह ‘एफ’ को खेलमा आइतबार क्यानडाविरुद्ध पहिलो हाफमा क्रोएसियाले २-१ को अग्रता बनाएको छ ।

कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलको तेस्रो मिनेटमा नै अल्फान्सो डेभिसले गरेको गोलबाट क्यानडाले अग्रता बनाएको थियो । तर, ३६औँ मिनेटमा आन्द्रेज क्रामारिचले गोल गर्दै क्रोएसियालाई खेलमा फर्काएका थिए ।

यस्तै, पहिलो हाफका लागि अन्तिम मिनेट बाँकी रहँदा मार्को लिभाजाले गोल गर्दै क्रोएसियालाई अग्रता २-१ को अग्रता दिलाए ।

दुवै टिमको यो समूह चरणको दोस्रो खेल हो । यसअघि पहिलो खेलमा क्रोएसिया मोरोक्कोसँग गोलरहित बराबरीमा रोकिँदा क्यानडा भने बेल्जियमसँग १-० ले पराजित भएको थियो ।

समूहमा एक अंक जोडेको क्रोएसिया तालिकाको तेस्रो स्थानमा छ । अंकविहीन क्यानडा तालिकाको पुछारमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर