। काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर चलाएपछि स्थानीय र प्रहरी बिच झडप भएको छ । काठमाडौं महानगरपालिकाले डोजरसहित करिब ३०० नगर प्रहरी परिचालित गरी सुकुम्वासी बस्ती हटाउन लागेको थियो तर स्थानीय नारावाजीसहित प्रतिवादमा उत्रेका छन् । स्थानीयले टायर बालेर नाराबाजी गरिरहेका छन् भने केहीबेर अगाडी ढुंगामुढा गर्दा प्रहरीसमेत घाइते भएका छन् । झडपका क्रममा स्थानीयको ढुंगा लागी करिब २५ नगर प्रहरी घाइते भएको नगर प्रहरीका एसपी राजुनाथ पाण्डेले जानकारी दिए ।
विरोधमा उत्रिएकाहरुले टायर बालेर प्रदर्शनसहित ढुंगामुढा गर्नुका साथै मेयर बालेन शाहविरुद्ध चर्को नाराबाजी गरेका छन् । उनीहरूले ‘बालेन शाह होस् गर, हाम्रो भोट फिर्ता गर । मरे चिहान बाँचे घर, एकता नै हाम्रो भर, गरिब मार्न पाइँदैन । गृहमन्त्री मुर्दावाद, काठमाडौं महानगरपालिका मुर्दावाद’ मर्न मार्न तयार छौं, जस्ता नारा लगाउँदै विरोध गरिरहेका छन् ।



