‘नेपाली सेना (आर्मी)मा जागिर लगाइदिन्छु’ भन्दै केही युवाहरुबाट रकम असुली गर्ने नेकपा –माओवादी केन्द्र)का छाँयानाथ रारा नगरपालिकाका नगर ईन्चार्जसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१० झाकोटका ४० वर्षीय विकास भनिने सुरबहादुर बुढा, जुम्लाको तातोपानी गाँउपालिका–२ जर्मी गाँउका ३९ वर्षीय तेजेन्द्र रावत रहेको जिल्ला प्रहरी कार्यालय मुगुले प्रेस नोटमार्फत जानकारी गराएको छ ।

नेपाली सेनाले रिक्त रहेको सैन्य पदमा आब्हान गरेको विज्ञापन नम्बर ०७८।०७९।७७ मिति २०७८।१२।१७ गते भर्ना छनोटमा सहभागी भएका २ जनाबाट झुक्याउँदै लोभ, लालच, डर, त्रास र धम्कीसमेत दिई रकम ठगी गर्ने मनसायले आर्थिक लाभ लिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मुगुका प्र.नि सुदर्शन पन्थीको कमाण्डमा खटिएको प्रहरी टोलीले आरोपीलाई पक्राउ गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पक्राउ परेकाहरुमाथि ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा मुगु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भरहेको प्रहरीले जनाएको छ ।