
काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानीलगायतका सार्वजनिक जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्रमा खाली गर्न निर्देशन दिएको छ ।
अनधिकृत संरचना नहटाएमा हटाउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने प्राधिकरणले जनाएको छ ।