लागुऔषध सेवन गरी गाडी चलाउने पाँच जना चालकलाई प्रहरीले ५ दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिएको छ ।

लागुऔषध सेवन गरी सवारी साधन चलाउँदै गर्दा काठमाडौँको तार्केश्वर नगरपालिका ८ शेषमती पुलबाट शनिबार ५ जना चालकलाई नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि अनुसन्धान गर्न प्रहरी वृत्त बालाजुले जिल्ला अदालतबाट ५ दिनको अनुमति लिएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, लागुऔषध नियन्त्रण व्युरो कोटेश्वर र नेपाल प्रहरी अस्पताल महाराजगंजको संयुक्त टोलिले शेषमति पुलस्थित सडकमा सवारी साधन चेकजाँच गर्ने क्रममा ५ जना चालकलाई नियन्त्रणमा लिएको थियो ।

उनीहरुले लागुऔषध सेवन गरेर गाडी चलाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय