विश्वकपको अन्तिम १६ अन्तर्गत सोमबार राति एसियाली मुलुक जापानले साविक उपविजेता क्रोएसियाको सामना गर्दैछ। दोहास्थित अल जानोब रंगशालामा हुने खेलमा जापान ‘सुमराई स्पिरिट’मा फाइट गर्ने डिफेन्डर युटो नागाटोमो बताउँछन्।

समूह ‘ई’मा जर्मनी र स्पेनविरुद्ध सनसनीपूर्ण जित निकाल्दै जापान शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुगेको हो। तर, यही उपलब्धिमा सन्तुष्ट नभएको डिफेन्डर नागाटोमो बताउँछन्।

चौथो पटक विश्वकप खेलिरहेका नागाटोमोले क्रोएसियाविरुद्ध पनि उच्च मनोबलसहित प्रस्तुत हुने बताएका छन्।

‘लडाई अगाडि समुराईले हतियार अर्जाप्छन्, रणनीति तयार गर्छन्, तर लडाईमा डरायो भने त्यसको अर्थ रहँदैन,’ उनले भने, ‘फुटबलमा पनि त्यस्तै हो। रणनीति, शैली पनि महत्त्वपूर्ण हुन्छ, तर डराएर मैदानमा उत्रिने हो भने जति अभ्यास गरे पनि त्यसको अर्थ रहँदैन।’

‘सबैभन्दा महत्त्वपूर्ण कुरा साहसी भएर मैदानमा उत्रिनुपर्छ,’ ३६ वर्षीय इन्टर मिलानका लेफ्ट ब्याकले भने।

जापान पछिल्ला तीन विश्वकपमा लगातार अन्तिम १६ मा पुगेको छ। तर, क्वार्टरफाइनलसम्मको यात्रा तय गर्न सकेको छैन।

चार वर्षअघि रुसमा अन्तिम १६ मा बेल्जियमसँग ३-२ गोलको नतिजामा पराजित हुँदै बाहिरिएको थियो। नागाटोमो त्यो हार अझै दिमागमा भएको र क्रोएसियाविरुद्धको खेलमा त्यसलाई बिर्सिने बताउँछन्।

‘चार वर्ष हाम्रा लागि कठिन र पीडादायी रह्यो, तर हामी एक टिमको रूपमा सुधार गरेर आएका छौं,’ उनी भन्छन्, ‘म जापनाबाट १५ वर्षदेखि खेलिरहेको छु, र यो सबैभन्दा बलियो टिम हो।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah