
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार दोहोरो अंकको गिरावट आएको छ। परिसूचक २४.४६ अंकले घटेर १ हजार ९३८.७६ अंकमा कायम भएको हो।
सोमबार २४० कम्पनीको ४१ लाख २७ हजार २८६ कित्ता सेयर २६ हजार ४७५ पटक खरिद बिक्री हुँदा १ अर्ब ६७ करोड ४ लाख ५५ हजार बराबरको कारोबार भएको छ।
आजको कारोबारमा १४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८१ वटा कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै, सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै जीवन बिमा समूहको उपसूचक १३५.९२ अंकले घटेको छ भने उत्पादन समूहको उपसूचक १२३.४७ अंकले घटेको छ।
नेपाल समय
बैंकिङ समूह ९.७८, विकास बैंक समूह ५३.२१, वित्त समूह ३७.७५, होटल तथा पर्यटन समूह ३५.७४ र जलविद्युत् समूह ३५.०३ अंकले घटेको नेप्सेले जनाएको छ। लघुवित्त समूह ५८.५७, निर्जीवन बिमा समूह ९१.९५, व्यापार समूह २६.२९, लगानी समूह ०.६९ र अन्य समूह २८.२७ अंकले घटेको छ।