कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या भएको छ भने अर्का एकजना गम्भीर घाइते छन् ।

जिल्लाको जोशीपुर गाउँपालिका–६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हसिया प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

हँसिया प्रहारबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि टिकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।

हँसिया प्रहारबाट अर्का ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन् । उनको टीकापुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ ।

मृतकका भिनाजु नाता पर्ने सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुङ्गानाले उनीहरुमाथि हँसिया प्रहार गरेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर