केबि महरा/काठमाण्डौं
वायु प्रदुषण रोक्न काठमाडौं महानगरपालिकालाई चुनौती देखिएको छ।

केहीसमय अघि मात्रै महानगरले जाडो याममा फोहोर तथा प्लाष्टिक-जन्य वस्तु जलाउने गर्नाले त्यसले जनस्वास्थ्यमा गम्भीर असर पुर्याउने हुँदा जाडो-यामभरी काठमाण्डौका खुला स्थानमा आगो समेत बाल्न नपाउने गरी प्रतिबन्ध गरिएको भनी एक सार्वजनिक सूचना मार्फत आह्वान गरेको थियो ।

महानगरको उक्त कदम प्रति जनसरोकार सम्बन्द सबैको समर्थन रहेता पनि काठमाण्डौं महानगरपालिका को कार्यालय परिसर नजिकै रहेको काठमाडौ मल अगाडि थुपारिने फोहोर हरेकदिन जसो बिहानको समयमा व्यबारिसे रुपमा जलिरहेको हुने गर्दछ।

यसरी महानगर कार्यालय नजिकै फोहोर जलाउने कार्य कस्ले गर्दैछ भनेर महानगरले खोजी गरेको वा चासो दिनु पर्ने हुन्छ तर त्यसो नहुँदा काठमाण्डौं महानगरले बढ्दो बायुप्रदुषण नियन्त्रणका लागि जारी गरेको आफ्नै नियम समेत कार्यान्वयनमा चुनौती थपिएको छ।
अर्को तर्फ त्यसरी खुला रूपले थुपारिएको फोहोरमा पसल बाट निस्कीएका प्लाष्टिक जन्य वस्तु अधिक रहने र उक्त प्लाष्टिक जलाउँदा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने मात्रै नभई वरपरको वातावरण लाई समेत थप दूषित पार्ने भएकाले यस तर्फ काठमाण्डौं महानगर तथा सम्बद्ध सबैको ध्यान पुग्न जरुरि देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah