
रोयल इन्फिल्डको बुलेट बाइक सबैभन्दा लोकप्रिय बाइक मध्ये एक हो । समयसँगै कम्पनीले पछिल्ला केही वर्षमा यस बाइकमा धेरै परिवर्तनहरू गरेको छ तर यसको लुकमा भने खासै परिवर्तन गरिएको छैन ।
सन् १९८६ को रोयल इन्फिल्ड बुलेट ३५० को एउटा बिल सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । सो बिल लगभग ३६ वर्ष पुरानो भइसकेको छ । बिलमा बाइकको मूल्य १८ हजार ७०० भारु मात्र छ, जुन आजको तुलनामा झण्डै १० गुणाले कम हो ।
१९८६ मा रोयल इन्फिल्ड बुलेटलाई इन्फिल्ड बुलेट मात्र भनिन्थ्यो । त्यतिबेला पनि यो बाइक निकै लोकप्रिय र भरपर्दो बाइक मानिएको थियो । भारतीय सेनाले पनि सो बाइकको प्रयोग गर्ने गरेको थियो ।
मिडिया रिपोर्टका अनुसार कम्पनीले छिट्टै ६५० सीसी इन्जिन सहितको नयाँ बुलेट लन्च गर्ने योजना बनाएको छ । हाल बजारमा रोयल इन्फिल्डको बुलेट ३५० सीसी र ५०० सीसी इन्जिन विकल्पमा उपलब्ध छ ।