झण्डै एक बर्ष अघि निर्देशक राजु गिरीले निर्देशन गरेको चलचित्र दिलवालेको ट्रेलर सार्वजनिक भएसंगै विवादमा मुछिएको छ । निर्देशक गिरीले निर्देशन गरेको फिल्म भएता पनि ट्रेलरमा कहीँपनि उनको नाम भेटिदैन ।

जसको ठाँउमा रवि ग्रुप अफ कम्पनिजको नाम राखेर चलचित्र दिलवालेको ट्रेलर सार्वजनिक भएकोमा निर्देशक गिरीले आपत्ती जनाए । उनले भने-‘फिल्ममा मैले पनि धेरै मेहनत गरेको छु । तर अहिले आएर ट्रेलर हेर्दा मेरो नाम नभई अरु कसैको नाममा ट्रेलरआयो यसमा मेरो असन्तुष्टि छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जसले निर्देशन गरेको हो उसैको नाममा फिल्म बजारमा आउने भएता पनि चलचित्रको टिमले आफुलाई अहिले अन्याय गरेको बताए । उनले निर्देशकले कि नाम कि पैसाको अपेक्षा गर्छ संगै फिल्म राम्रो होस भन्ने उसको ध्यय हुने भन्दै ति कुनै पनि अवसरमा निर्देशक अटाएनन् भने निर्देशकलाई मर्का पर्छ निर्देशक गिरीले हेडलाईन नेपाललाई बताए ।

दिलवालेको सुटिङ गर्दैगर्दा यस्तो थियो भिडियो जसमा राजु गिरी निर्देशनमा छन ।

https://youtu.be/dhTc2UL6Sk0

पछिल्लो समय सार्वजनिक ट्रेलर यस्तो छ । 

https://youtu.be/SwVAaOKjFiw

के भन्छन त राजु गिरि ?

https://youtu.be/C7irQyPyYYU

हेड लाइन नेपाल बाट साभार