काठमाण्डाै – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीलाई निराश हुन नदिने गरी काम गर्ने बताउनुभएको छ ।

शुक्रवार मन्त्रालयमा नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले सबै उद्योगी व्यवसायीलाई निराश हुन नदिने गरी काम गर्ने बताउनुभएको हो । उहाँले सरकारले व्यवसायीको माग र सुझावहरूलाई तत्काल समाधान गर्न नसके पनि छलफल र संवादका माध्यमबाट विस्तारै सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले उद्योगी व्यवसायीले उठाएका उचित मागलाई सकारात्मकरूपमा लिएको पनि बताउनुभयो । मन्त्री पौडेलले मन्त्रालयमा कामको चाङ लागेकाले सबै विषयमा व्यापक छलफल गर्न नसकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले नै यस्तो गर्छु भनेर बोल्दिनँ । तपाईँहरूले उठाएका विषयहरूमा छलफल गर्छु । व्यवसायीले दिएका उचित सुझाव र सल्लाहलाई ग्रहण गरिनेछ । व्यवसायीहरूलाई निराश हुन नदिने गरी कोसिस गर्छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah