पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको उपचारका क्रममा दुबईमा निधन भएको छ । आफू सेनापती हुँदा सैनिक कुबाट सन् १९९९ मा प्रधानमन्त्री नवाज सरिफ लाई सत्ताच्युत गरि सन २००८ सम्म पाकिस्तानको कार्यकारी अधिकार आफ्नो हातमा लिएका मुसर्रफ मुसर्रफलाई सरिफले नै सेना प्रमुख नियुक्त गरेका थिए भने २००८ को चुनावमा हार बेहोरेका उनी दुबई निर्वासित भएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सन २०१३ मा पाकिस्तान फर्केका उनलाई विभिन्न मुद्दा लागेको थियो जसमध्ये सन २००७ मा संकटकाल घोषणा गरि संविधान निलम्बन गरेकोमा राजद्रोहको मुद्दा पनि थियो जसको कारण उनलाई सन २०१९ मा मृत्युुदण्डको सजाय सुनाइएको थियो।

त्यसपछि उनी दुबईमै रहदा दुर्लभ एमलोइडोसिस रोगबाट पीडित भएर हाल ३ हप्तादेखी अस्पतालमा उपचाररत थिए भने आज दुबईस्थित पाकिस्तानी दूतावासले उनलाई मृत घोषित गरेको छ।