टर्कीमा सिरियासँगको सीमा नजिकको भू-भागमा भूकम्प जाँदा हालसम्म ९०० भन्दा बढीको ज्यान गएको पुष्टि भएको छ।स्थानीय समय ४:१७ मा भूकम्प गएको हो जसको केन्द्रविन्दु सतहभन्दा १७.९ किलोमिटरमुनि रहेको छ।

भूकम्पको झट्का निकै परसम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् हालसम्म १७ जनाको मृत्यु पुस्टि भएपनि संख्या धेरै बढ्नसक्ने अनुमान गरिएको छ भने कयौँ मानिस पुरिएको हुनसक्ने बताइएको छ। टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमन सोइलुका अनुसार १० वटा शहर भूकम्पबाट प्रभावित बनेका छन् त्यस्तै गाजिआनतेप शहरमा शपिङ मल नै ढलेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

टर्कीबाहेक सिरिया, लेबनान र साइप्रसमा पनि झट्का महसुस गरिएको थियो भूकम्पले अहिलेसम्म नेपालीहरु भने हताहत भएको खबर प्राप्त भएको छैन।

भूकम्प भएको केही समयपछि टर्कीमा शक्तिशाली परकम्पसमेत महशुस भएको युएसजिएसले जनाएको छ। पहिलो भूकम्प गएको ११ मिनेटपछि ९.९ किलोमिटर गहिराइमा ६.७ म्याग्निच्युडको अर्को भूकम्प गएको छ।