भरतपुर २० को जारी मत गणनामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीसँगको मत अन्तर घटाउँदै लगेकी छन्।

मत परिणाको बिषयमा बिभिन्न खाले समचार आएपछि निर्वाचन अधिकृतको कार्यालयले आधिकारीक रुपमा सार्वजनिक गरेको मत परिणाममा ४ मतले देबी ज्ञवाली अगाडि रहेको जनाएको छ । यसभन्दा अगाडि २ मतले रेणु दाहाल  अघि रहेको भन्ने सार्वजनिक भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वडा नम्बर १९ मा अग्रता कायम गरेकी रेणुले २० नम्बर वडामा पनि निरन्तर रुपमा अग्रता कायम गर्दै मतअन्तर घटाउँदै लगेकी हुन्।

२० नम्बर वडाको १६०० मत गन्दा देवी र रेणुबीचको मतअन्तर चार रहेको छ। मतपरिणाम अनुसार देवी ज्ञवालीको ४२ हजार ४ सय १८ मत रहेको छ भने रेणु दाहालको ४२ हजार ४ सय १४ मत रहेको छ ।