गृहमंत्री पद प्रधानमन्त्रीको माताहतमा रहेकोले राज्य सुरक्षा संकटमा परेको भन्दै सांसद हरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसद बाट दबाब दिएका छन् ।
राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले प्रशासन तथा सुरक्षा निकाय गृहमन्त्रालयको संयन्त्र अन्तरगत रहेको र गृहमन्त्रालय प्रधानमन्त्रीको हातमा रहेको कारण गोंगबुको घटनालाई प्रश्रय मिलेको संकेत गर्दै भने “संसारका कुनै कुनै देशमा देखिने दृश्य गोंगबुमा देखियो, यो देशमा गृहमन्त्रालयको संयन्त्र छ तर गृहमन्त्री किन खालि?”
अन्य सांसद हरुले पनि काठमाडौंको नयाँ बसपार्कमा क्षेत्रमा भएको यातायात मजदुर र व्यावसायीहरुको प्रदर्शन र त्यसक्रममा भएको लुटपाट र तोडफोडको घटनालाई लिएर मुलुकमा गृहमन्त्री नभएको अनुभूत भएको भन्दै गृहमन्त्री नियुक्तिको माग राखेका हुन् ।