पश्चिम नेपालको जुम्लामा उत्पादन भएका खाद्यवस्तुको स्टलमा जौको चामल, मकैको चामल, फापरको चामल, भुटेको र काँचो मकै, मार्सी चामल, कालो जुम्लेली चामल, रातो दाल, कालो दाल मात्र नभई कोदोको पिठो, फापरको पिठो, दालमा हाल्ने जुम्लेली जिम्मु पाइने जुम्लाको सिंजाबाट महोत्सवमा सहभागी बनेकी गोमा बुढाले सञ्चालन गरेको देउती अर्गानिक स्टलमा ग्राहकहरुको भिड लाग्ने गरेको छ ।

आठ महिनामा मात्रै खाद्यवस्तु पाक्ने गरेकाले पोषणको हिसाबले पनि यी खाद्यवस्तु राम्रो भएको बुढाले दाबी गरिन् भने अवलोकनकर्ताले अधिकतम् तीन सय ५० रुपैयाँमा आफ्ना सामानहरु किन्न सक्ने उनको भनाइ छ।

११ दिनसम्म सञ्चालन हुने महोत्सवमा भारत, पाकिस्तान र बंगलादेशका व्यवसायीहरुको समेत सहभागिता रहेको महोत्सवमा विभिन्न खाद्यवस्तु, मनोरञ्जन साधनका साथै सवारीसाधनको समेत सुपथ मूल्यमा खरिद बिक्री भइरहेको बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ साथै हरेक साँझ हुने सांगीतिक कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको सहभागिता रहेकाले महोत्सवको अवलोकन गर्न सबैलाई अनुरोध समेत गरिएको छ ।

फागुन ५ गतेबाट शुरु भएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा अवलोकनकर्ताको संख्या बढ्दै गएको छ भने महोत्सव १६ गतेसम्म संचालन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय