फागुन १० मा मतदाता नामावली प्रकाशन त्यसैगरी फागुन १३ मा राष्ट्रपतिका लागि र फागुन २७ मा उपराष्ट्रपतिका लागि उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यसूची निर्वाचन आयोगले प्रकाशन गरेको छ भने फाल्गुन २५ गते राष्ट्रपति पदको निम्ति निर्वाचन हुनेछ तर प्रधानमन्त्री पुष्पकमल दाहाल यहि विचमा कतार जाने भएका छन।

आफु प्रधानमन्त्री बन्नको निम्ति पुरानो गठबन्धन लाई तोडेर एकाएक फेरि नेकपा एमाले सँग गठबन्धन गर्न पुगेका प्रचण्डले राष्ट्रपति निर्वाचनको निम्ति नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल लाई समर्थन गर्ने संकेत देखाएका थिए भने यहि विचमा ऊनी कतार जाने कार्यक्रम सार्वजनिक भएको हो।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन र सम्बोधन गर्न साथै सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँग पनि द्धिपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय गरि प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते शुक्रबार कतार जान लागेका हुन् ।

त्यसक्रममा ऊनी नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ भने प्रवक्ता लम्सालका अनुसार राष्ट्रपति निर्वाचन हुनुभन्दा ३ दिन अगाडि अथवा २२ फागुनमा स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय