इटालीको दक्षिणी समुन्द्रमा खराब मौसमका कारण करिब २०० जना सवार रहेको डुंगा दुर्घटना हुँदा कम्तिमा ६० जना आप्रवासीहरुको मृत्यु भएको छ जसमध्ये १२ जना वालवालिका रहेको बताइएको छ यद्यपि, डुङ्गा दुर्घटना हुँदा त्यसमा कति मानिस थिए भन्नेबारे यकिन सङ्ख्या स्पष्ट छैन। उद्धारकर्मीहरूले एएफपी समाचार एजेन्सीसँग उक्त डुङ्गाले "दुई सयभन्दा बढी मानिस" बोकेको बताएका छन्।

केही दिनअघि टर्कीबाट प्रस्थान गरेको उक्त जहाजमा अफगानिस्तान, पाकिस्तान, सोमालिया र इरानका यात्रु थिए भने द्वन्द्व वा गरिबी छल्न भाग्ने थुप्रै मानिसहरू हरेक वर्ष अफ्रिका हुँदै इटली पुग्ने गरेका छन्। प्रतिकुल मौसमका कारण चट्टानमा ठोक्किएपछि जहाज डुबेको विवरणहरू सार्वजनिक भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इटालीका पूर्व अर्थमन्त्री कार्लो क्यालेन्डाले समुद्रमा कठिनाइमा परेका मानिसहरूलाई "जस्तोसुकै मूल्य चुकाएर" उद्धार गर्नुपर्ने तर, "आगमनका अवैध मार्गहरू बन्द गरिनुपर्ने" बताए।

सन् २०१४ देखि मध्य भूमध्य सागरमा डुबेर २० हजारभन्दा बढी मानिसको मृत्यु भएको वा बेपत्ता भैसकेका छन्।

कलाब्रिया क्षेत्रको तटीय सहर क्रोटोन नजिकै रोक्ने क्रममा जहाज टुक्रा टुक्रा भएको थियो।