
उपराष्ट्रपति पदमा सत्ता साझेदार गठबन्धन दलहरुबीच समझदारी नहुनाले गठबन्धन टुट्नसक्ने संकेत देखापर्न थालेका छन। जसपा र जनमत पार्टीका उम्मेदवार हरुको उपराष्ट्रपति आफुले पाउनुपर्ने दावीका कारण यस्तो दृश्य देखिएको हो ।
उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी जनता समाजवादी पार्टी (जसपा)की प्रमीलाकुमारी यादवले उम्मेदवारी फिर्ता लिने समय सकिएपछि वक्तव्य जारी गर्दै आफ्नै दलका उम्मेदवार राम सहाय प्रसाद यादवलाई समर्थन गर्ने घोषणा गरेकी छन।
जनमत पार्टीका अध्यक्ष सीके राउतले समय अझैँ बाँकी रहेको र कुरा मिल्नेमा आफू आशावादी रहेको बताउदै सत्ता पक्षीय गठबन्धनबाट अर्की उम्मेदवार रहेकी जनमत पार्टीकी ममता झा लाई समर्थन आउन सक्ने आशा व्यक्त गरे ।
राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय हुँदा उपराष्ट्रपति जसपालाई दिने सहमति भएको बताइएपनी केही दल बसेर गर्ने निर्णयलाई गठबन्धनको तर्फबाट स्वामित्व लिन नसकिने दाबी राउतले गरे।
जनमत पार्टीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले पनि आफ्नो उम्मेदवारलाइ समर्थन गरेकोले प्रतिनिधिसभामा जसपा भन्दा आकारमा आफूहरु ठूलो रहेको तर्क गरेको छ।