मंगल ग्रहमा कुनै बेला सागर रहेको पछिल्लो अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ कोपनहेगनले प्रकाशित गरेको अध्ययनले मंगलमा सागर रहेको हुन सक्ने देखाएको हो । साढे चार अर्ब वर्षपहिले मंगल ग्रहमा ३०० मिटर गहिरो सागर थियो रिपोर्टमा भनिएको छ।

यो मंगल ग्रहको विकासको पहिलो १० करोड वर्षमा भएको थियो । त्यस समयमा मंगल ग्रहमा बरफले भरिएको क्षुद्रग्रहको बाढी थियो । अर्को रोचक पक्ष के छ भने क्षुद्रग्रहहरूले जीवनका लागि जैविक रूपमा महत्त्वपूर्ण जैविक अणुहरू पनि बोकेका छन ।

मंगल ग्रहमा पानीको अतिरिक्त एमिनो एसिड जस्ता जैविक रूपमा महत्वपूर्ण यौगिकहरू पनि बरफयुक्त क्षुद्रग्रहहरूले आफूसँगै लगेको अध्ययनमा जनाइएको छ ।

एजेन्सीहरु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय